बिहीबार, वैशाख १३, २०८१

महालक्ष्मी विकास बैंकका ऋणीहरुलाई ब्याज रकममा १० प्रतिशत छुट

नेपालखोज २०७७ असोज ६ गते १६:४६

काठमाडौं । महालक्ष्मी विकास बैंकले हाल विश्वमा महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारणले उत्पन्न असहज परिस्थितिमा बैंकबाट कर्जा सुविधा लिएका ग्राहकहरुलाई राहत पुर्‍याउने उद्देश्यले ॠणीहरुले असोज मसान्तभित्र तिनुपर्ने ब्याज भुक्तानी गरेमा भुक्तानी भएको व्याज रकममा १० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । ग्राहकहरुले यस विषम परिस्थितिमा पनि कर्जाको किस्ता÷ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर गर्दे बैंकले केही कर्जाहरुमा ब्याजदर समेत घटाएको जानकारी दिएको छ ।

बैकले हाल देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३४ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको छ । बैकमा हाल कुुल ग्राहक संख्या ५ लाख भन्दा बढी पुगेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया