धौलागिरि अस्पतालका सबै कोभिड-१९ संक्रमित संक्रमण मुक्त
नेपालखोज
२०७७ असोज ६ गते २०:०७
काठमाडौं । गण्डकी प्रदेशमै पहिलो पटक कोभिड–१९ का बिरामीको उपचार थालेको धौलागिरि अस्पतालका सबै बिरामी निको भएपछि खाली भएको छ ।
सङ्क्रमण पुष्टि भएर पछिल्लो पटक उपचाररत तीन जनाको समेत नेगेटिभ रिपोर्ट आएपछि अस्पतालमा कोभिड–१९ का बिरामी छैनन् ।
जेठको पहिलो साताबाट निरन्तर कोभिड–१९ का बिरामीलाई आसोलेसनमा राखेर उपचार गर्दै आएको अस्पताल आजदेखि खाली भएको अस्पतालका सूचना अधिकारी तीर्थ गौतमले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारले कोभिड अस्पताल घोषणा गरेको यो अस्पतालमा हालसम्म १७४ जनाले उपचार गराएका छन् ।
सम्बन्धित
प्रतिक्रिया