शुक्रबार, वैशाख ७, २०८१

मुुक्तिनाथ क्यापिटल र अरुण भ्यालीबीच सम्झौता

नेपालखोज २०७७ असोज ७ गते १२:४७

काठमाडौं ।  मुक्तिनाथ क्यापिटल लिमिटेड र अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीबीच सम्झौता भएको छ । कम्पनीका अनुसार १९ औं वार्षिक साधारण सभाबाट पारित भई कम्पनीको २१ औं वार्षिक साधारण सभाबाट अनुमोदन भएको १ बराबर १ शेयरको अनुपातमा ९९ करोड ८३ लाख बराबरको हकप्रद शेयर निष्काशन गर्नका लागि मुक्तिनाथलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको हो ।
सम्झौता—पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष रमेश प्रसाद न्यौपाने तथा मुक्तिनाथ क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेकाहुन् । कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित दरको ९९ लाख ८३ हजार दुुई सय ३२ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । हकप्रद शेयर निष्काशन गरे पश्चात कम्पनीको कुल चुक्ता पूँजी एक अर्ब ९९ करोड ६६ लाख पुग्ने कम्पनीले जनाएको छ ।

कम्पनीले पिलुवाखोलाको पानी उपयोग गरी ३,००० किलोवाट क्षमताको पिलुवाखोला जलविद्युत आयोजना निमार्ण गरी मिति २०५६ सालबाट व्यापारिक उत्पादन गरीरहेको छ । हकप्रद शेयर मार्फत उपलब्ध भएको रकमलाई कम्पनीले काबेली बी १ जलविद्युत आयोजना र अपर काबेली २ जलविद्युत आयोजना गरी कुल २३.५ मेगावाट आयोजनाको निर्माण कार्यमा उपयोग गरिनेछ ।

प्रतिक्रिया