बुधबार दुई घण्टामा ६८ करोडभन्दा बढीको शेयर कारोबार, शिखर इन्स्योरेन्सको सबैभन्दा बढी
काठमाडौं । बुधबार दुई घण्टामा ६८ करोड ८९ लाख ४० हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । यो अवधिमा १९३ कम्पनीको उक्त रकम बराबरको २१ लाख २८ ह जार ३४६ कित्ता शेयर कारोबार भएको हो । दुई घण्टाको कारोबारमा परिसूचक ३ दशमलव ३५ अंकले घटेर १ हजार ५४२ दशमलव ८१ विन्दुमा झरेको छ । त्यस्तै सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ७६ अंक घटेर ३०६ दशमलव ६३ विन्दुमा छ ।
बुधबार सर्वाधिक कारोबार गर्ने पहिलो नम्बरमा रहेको शिखर इन्स्योरेन्सको ८ हरोड ४ लाख ८३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको छ । सोमबार लाभांश नदिने सुचना सार्वजनिक भएसँगै शिखर इन्स्योरेन्सको कारोबार बढी भएको हो । दुई घण्टाको कारोबारमा वित्त समूहको परिसूचक शून्य दशमलव ६१ प्रतिशत, उत्पादन तथा प्रशोधन शून्य दशमलव २ प्रतिशत, अन्य शून्य दशमलव २३ प्रतिशत, जीवन बीमा शून्य दशमलव शून्य ३ प्रतिशत र म्युचुअल फण्ड शून्य दशमलव शून्य ७ प्रतिशतले बढेको छ । यो अवधिसम्म सर्वाधिक होटल समूहको २ दशमलव शून्य ६ प्रतिशतले परिसूचक घटेको छ । घटेको बजारमा पञ्चकन्यामाई हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ७ दशमलव शून्य ८ प्रतिशतले घटेको छ भने युनाइटेड फाइनान्सको सर्वाधिक ६ दशमलव ३८ प्रतिशतले बढेको छ ।
प्रतिक्रिया