बुधबार, वैशाख १२, २०८१

प्रभु बैंक लिमिटेडको “सहयात्रा समृद्दिको” कर्जा योजना शुभारम्भ

नेपालखोज २०७७ असोज ७ गते १४:०१

काठमाडौं । प्रभु बैँक लि. ले “सहयात्रा समृद्दिको (Partnership for Prosperity)” नामको कर्जा योजना आरम्भ गरेको छ । उक्त कर्जा योजना आइडिया स्टुडियो नेपालसँगको सहकार्यमा कोभिड – १९ को कारणले प्रभावित र समस्यामा परेका साना उधमी तथा व्यबसायी, स्वरोजगार उधमी, शिक्षीत बेरोजगार युवा, बिदेशबाट फर्केका बेरोजगार युवा, परम्परागत पेशा र व्यबसायमा सँलग्न उधमीहरुको बिधमान र्आिथक कठिनाईलाई व्यवस्थापन गर्न सु्रु गरिएको हो । “सहयात्रा समृद्दिको” यो कर्जा योजना उक्त समुहलाई आर्थिक उन्नति सहित जिवनभरको एउटा वित्तीय आधार र संयन्त्र तयार गर्ने लक्ष्यका साथ यो योजना ल्याईएको हो ।

सरकारबाट जारी लामो समयसम्मको बन्दाबन्दीको कारण उपत्यकामा टेम्पो लगायत अन्य सार्वजनिक सवारी साधनहरुमा रोक लगाए सँगै विशेषगरी महिला सफा टेम्पो चालकहरु आर्थिक संकटका बिच बाँचिरहेका छन् । नियमित रुपमा भईरहेको आम्दानी गुमाउनु परेसँगै दैनिक रोजीरोटीको लागी आर्थिक जोहो गर्ननसक्दा अहिले निकै ठूलो आर्थिक दबाबका बिच आफ्नो घर व्यवहार चलाउन उनिहरु बाध्य छन् । अर्कोतिर, हाल विद्यालयहरुले विधार्थीहरुका लागि अनलाईन कक्षाहरु संचालन गरिरहेका छन् तर शिक्षकहरुले अनलाइन कक्षा संचालनका लागि आवश्यक पर्ने इन्टरनेट पहुँच, कम्प्यूटर तथा फर्निचर जस्ता न्यूनतम आवश्यकताहरुको जोहो गर्न सकेका छैनन् ।

यस कर्जा योजना अन्तर्गत प्रथम चरणमा बैँकले काठमाण्डौं उपत्यका भित्रका महिला सफा टेम्पो चालकहरुलाइ अधिकतम रु १ लाख र बिद्यालय शिक्षकहरुलाई अधिकतम रु ४ लाख कर्जा सुविधा सरल र सहज तरिकाले उपलब्ध गराउनेछ । सोही क्रममा बुधबार उक्त कर्जा योजना शुभारम्भको अबसरमा काठमाण्डौं उपत्यका भित्रका १० जना महिला सफा टेम्पो चालकहरुलाई कर्जा प्रमाणपत्र हस्तान्तरण गरीएकोे मणिराम पोखरेलले जानकारी गराए । उक्त कर्जा योजना तोकिएका अन्य पेशा, उद्यम र व्यबसाय साथै काठमाण्डौं उपत्यका बाहिर पनि क्रमश लागु गर्दैजाने उनले जानकारी दिए ।

“सहयात्रा समृद्दिको” कर्जा योजना र यसको प्रक्रियामा ग्राहकहरुले कर्जा सँगसँगै वित्तीय साक्षरता, वित्तीय व्यवस्थापन र अनुशासनको ज्ञान तथा सीपहरु पनि सिकुन भन्ने अभिप्राय केन्द्रित गरिएको छ । यस बिषमताको घडिमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा मार खेपिरहेका व्यक्ति र व्यबसायहरु यस कर्जा योजनाबाट लाभान्वित हुने बिश्वास बैँकले लिएको जनाएको छ ।

प्रतिक्रिया