आइतबार, वैशाख ७, २०८२

चन्द्रागिरि हिल्सले ल्यायो फेस्टिभ अफर

नेपालखोज २०७७ असोज ७ गते १७:५३

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले दसैँ तिहारको अवसर पारेर बिशेष अफर सार्वजनिक गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित चन्द्रागिरि केबलकारमा ५० प्रतिशत छुट र चन्द्रागिरि हिल्स रिर्सोटमा ६ हजार ५ सय रुपैयाँमा एक जोडिका लागि ब्रेकफास्ट र डिलक्स रुम सहतिको प्याकेज सार्वजनिक गरेको छ । यो अफर आज बुुधबार देखि लागु भई १५ मङ्सिर २०७७ तद्अनुसार ३० नोबेम्बर २०२० सम्मका लागि मान्य हुने व्यवस्था गरिएको छ ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हलर रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

प्रतिक्रिया