सोमबार, वैशाख १५, २०८२

सक्रिय संक्रमितको संख्या २५ हजार भन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस

नेपालखोज २०७७ असोज ७ गते १७:५९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा सक्रिय संक्रमितको संख्या २५ हजारभन्दा बढी भए फेरि लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित कोरोना ब्रिफिङका क्रममा सो जानकारी दिए ।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले २५ हजार भन्दा बढी सक्रिय संक्रमित भएमा अहिलेको स्रोत साधन तथा पूर्वाधारले व्यवस्थापन गर्न समस्या पर्ने भएकाले उक्त निर्णय गरेको डा गौतमले बताए । नेपालमा हालसम्म १७ हजार ४१४ जना सक्रिय संक्रमित रहेका छन् ।

उनले जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्ने कार्यालय एक महिना नखोल्ने निर्णय भएको पनि जानकारी दिए ।

प्रतिक्रिया