शुक्रबार, वैशाख १२, २०८२

आईपीएलमा आज मुम्बई र कोलकाता भिड्दै

नेपालखोज २०७७ असोज ७ गते १९:४६

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले कोलकाता नाइट राइडर्स र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।

टस हारेको मुम्बई कोलकाताविरुद्ध अहिले ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा चेन्नईसँग हार बेहोरेको मुम्बई केही दबाबमा हुनेछ भने कोलकाता यो खेल जित्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने दाउमा छ ।

अहिलेसम्म यी दुई टिमबीच भएको भेटमा मुम्बई १९-६ ले अघि छ । यो खेलमा मुम्बई र कोलकाता आफ्नो उत्कृष्ट प्लेइङ ११ का साथ मैदानमा उत्रिएका छन् ।

प्रतिक्रिया