पहिरोमा पुरिएर स्याङ्जामा एक जनाको मृत्यु
नेपालखोज
२०७७ असोज ८ गते ७:१३
पाल्पा । लगातारको वर्षासगै आएको पहिरोले पुरिएर स्याङ्जामा एक जनाको मृत्यु भएको छ। पहिरोमा पुरिएर कालीगण्डकी गाउँपालिका ४ बिर्घास्थित गौतमटोलका बाबुराम दमाइका छोरा विष्णु परियारको मृत्यु भएको स्थानीय नेकपाका वडाध्यक्ष विष्णुप्रसाद पाण्डेले बताए।
घरमा सुतिरहेको अवस्थामा आज बिहान करिब २ बजे घर माथिबाट खसेको पहिरोले उनी पुरिएका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो।
घरमा सुतिरहेका परिवारका अन्य सदस्य भने सकुशल रहेका छन। अहिले प्रहरी, स्थानीय उद्दारकार्यमा जुटिरहेका छन्। घटनाबारे थप विवरण आउन बाँकी छ।
सम्बन्धित
प्रतिक्रिया