बुधबार, वैशाख १२, २०८१

नाइजेरियामा ट्याङ्कर दुर्घटना हुँदा २५ जनाको मृत्यु

नेपालखोज २०७७ असोज ८ गते ८:३१

एजेन्सी । नाइजेरियामा तेलको ट्याङ्कर दुर्घटना हुँदा कम्तीमा २५ जनाको ज्यान गएको छ । लोकोजामा ट्याङ्कर दुर्घटनाग्रस्त स्थानीय प्रहरीले जनाएको छ ।

ज्यान गुमाउनेमा धेरै प्राथमिक तहमा अध्ययनरत बालबालिका र विद्यार्थी परेका बीबीसीले जनाएको छ । विद्यालय जानको लागि बाटो काटिरहेका बालबालिका दुर्घटनामा परेका खबरमा उल्लेख छ ।

नाइजेरियामा यस्ता दुर्घटना प्राय भइरहेने गरेका खबरमा उल्लेख छ । नाइजेरियाका राष्ट्रपति मुहम्मु बहारीले दुखद् घटना भन्दै समवेदना प्रकट गरेका छन् ।

प्रतिक्रिया