शुक्रबार, वैशाख १४, २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्प्रेस फाईनान्सलाई प्राप्ती गर्ने तय

नेपालखोज २०७७ असोज ८ गते १२:५४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले सिटी एक्सप्रेस फाईनान्सलाई प्राप्ती गर्ने भएको छ । प्राप्ती सम्बन्धी प्रकृयाको लागि बैकले यही असोज १८ गते बिशेष साधारण सभाको आव्हान गरेको छ ।

सोही दिन सिटी एक्सप्रेसले पनि नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्राप्तीमा जाने प्रस्ताव पारित गर्नको लागि बिशेष साधारण सभा बोलाएको छ । फाईनान्सको बुुधबार बसेको ३०३ औं सञ्चालक समितीको बैठकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग प्राप्तीमा जाने प्रस्ताव पारित गर्नको लागि बिशेष साधारण सभा आव्हान गरेको हो ।

फाईनान्सको उक्त सभामार्फत प्राप्ती सम्वन्धी प्रकृृयाको लागि सिटी एक्प्रेसको एकसय कित्ता सेयर बराबर नेपाल इन्भेष्टमेन्ट बैंकको ३० कित्ता सेयर हुुने गरी सेयरको स्वा्प रेसियो तय गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

प्रतिक्रिया