शनिबार, वैशाख १५, २०८१

सिद्धार्थ बैंकद्धारा १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी

नेपालखोज २०७७ असोज ८ गते १३:१०

काठमाडौं । सिद्धार्थ बैंकले  १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र (डिबेञ्चर) जारी गर्ने भएको छ । बैंकले ७ बर्षे अवधिको बार्षिक ८ दसमलव ५० प्रतिसत व्याजदर कायम रहने गरी एसबिएल डिवेञ्चर २०८४ जारी गर्न लागेको हो ।

प्रतिकित्ता एक सय अंकित मुल्य कायम रहेको १२ लाख कित्ता उक्त ऋणपत्रको परिपक्व हुुने अवधि भने बिसं २०८४ साल तोकिएको छ । बैंकका अनुसार प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३० लाख कित्ता मध्ये १८ लाख कित्ता डिवेञ्चरले हुुन आउन कुुल १ अर्ब ८० करोड रुपैयाँ ऋणपुुंजी रकमबाट १२ लाख कित्ताले हुुन आउने कुुल एक अर्ब २० करोड रुपैयाँ ऋणपत्र जारी गर्न लागिएको हो । उक्त ऋणपत्रमा सामुुहिक लगानी कोषको लागि छुट्याईएको ५ प्रतिशत अर्थात ६० हजार कित्ता पनि समाबेश गरिएको जानकारी बैंकले दिएको छ ।

बिक्री प्रर्वन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको बैंकको यही असोज १६ गतेबाट खुल्ला हुुने ऋणपत्रको बिक्री कार्य छिटोमा यही असोज २० गते र ढिलोमा यही असोज ३० गते बन्द हुुने छ । अधिकृत पुंंजी १० अर्ब ५० करोड रुपैयाँ रहेको बैंकको जारी पुंजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार एक सय ३८ रुपैयाँ रहेको छ भने चुक्ता पुंजी ९ अर्ब ७८ करोड ७७ लाख ६७ हजार  १ सय ३८ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया