बिहीबार, वैशाख १३, २०८१

समाज लघुवित्तको २ लाख कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत, दोस्रो बजारमा कारोबार रोक्का

नेपालखोज २०७७ असोज ८ गते १५:१०

काठमाडौं। समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको दुई लाख कित्ता साधारण शेयर नेप्सेमा सुचीकृत भएको छ । कम्पनी र स्वस्तिक लघुवित्त एक आपसमा मर्जरमा जाने सम्झौता गरेकाले दोस्रो बजारमा कारोबार भने राक्का भएको छ । समाज लघुवित्त र स्वस्तिक लघुवित्त बीच असोज ५ गते मर्जर सम्बन्धी सम्झौता भई एमओई भएको छ । कम्पनीहरुको नाफा घाटा, सम्पत्ति विवरण मुल्यांकन गरी डिडिए अनुसार मर्जरमा जाने कम्पनीले बताएको छ ।

दुई लघुवित्त एक आपसमा गाभिएपछि लघुवित्तको नाम स्वस्तिक समाज लघुवित्त हुने छ । स्वस्तिकको प्रमुख कार्यालय सिरहा लहानमा छ भने समाज लघुवित्तको सर्लाहीमा रहेको छ । प्रदेश नम्बर २ मा रहेका प्रदेशस्तरीय यी दुई लघुवित्त मर्जरपछि मुख्य कार्यालय बर्दिबासमा रहने जनाएको छ ।

सर्वसाधारणलाई साधारण सेयर बिक्री गरेपछि समाज लघुवित्तको चुक्ता पूँजी २ करोड पुगेको छ भने स्वस्तिक लघुवित्तको संस्थापक सेयरधनीहरुबाट १ करोड २० लाख पूँजी कायम गरेको छ । समाज लघुवित्तले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरिसकेको छ भने स्वस्तिकले पहिलो वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

मर्जर प्रक्रिया सम्पन्न भएपछि मात्र दोस्रो बजारमा कारोबार हुने भएकाले नेप्सेले कम्पनीको मुल्य रेञ्ज नतोकेको हो ।

 

प्रतिक्रिया