बुधबार, वैशाख १२, २०८१

पूर्वप्रधानमन्त्री खनालद्वारा इलाम अस्पताललाई पीपीई वितरण

नेपालखोज २०७७ असोज ८ गते १६:५३

रासस । पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का सङ्घीय सांसद झलनाथ खनालले इलाम अस्पताललाई पीपीई वितरण गरेका छन् । स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरणका लागि सो सामग्री उनले वितरण गरेका हुन् ।

आफ्नो गृह जिल्लाको एकमात्र सरकारी अस्पतालका डा. प्रभु शाहलाई पूर्वप्रधानमन्त्री खनालले इलाम अस्पतालका प्रमुख सामग्री हस्तान्तरण गरेको हो । उनले इलाम अस्पतालका लागि २५ थान पीपीई र १०० थान गगल्स वितरण गरेकोे हो । जिल्लामा कोरोनाविरुद्धको लडाइँका लागि स्वास्थ्य सुरक्षा सामग्री प्रदान गर्दै आएको उनले यसअघि पनि जिल्लाको सूर्योदय नगरपालिकालाई सामग्री हस्तान्तरण गरेका थिए । उनले गत भदौमा आफ्नो निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहलाई ८०० थान पीपीई र एक हजार ५०० थान सेफ्टी गगल्स प्रदान गरेका थिए ।

खनालले चाइना इन्टरनेशनल कम्युनिकेशनल सेन्टर चीनको सहयोगमा ती सामग्री वितरण गरेको बताइएको छ । लकडाउन खुले पनि कोरोनाको त्रास समाजमा अझै छ । कोरोनाबाट बच्न र बचाउन नागरिकले सुरक्षित भएर काम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया