महामन्त्री डा. कोइराला काेराेना सङ्क्रमण मुक्त
नेपालखोज
२०७७ असोज ८ गते १६:५६
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइराला कोरोना भाइरसमुक्त भएका छन् । उनले आज सामाजिक सञ्जालमार्फत आफू कोभिड–१९ मुक्त भएको जानकारी दिएका हुन् । उनको स्बाव परीक्षणका क्रममा आज नेगेटिभ देखिएको हो ।
गत शनिबार चावहिलस्थित ओम अस्पतालबाट उपचारपछि डिस्चार्ज भएका महामन्त्री डा. कोइराला चिकित्सकको सल्लाहअनुसार होम आइसोलेसनमा रहेका थिए । उनले अझै केही दिन होम आइसोलेसनमा बस्ने र चाँडै नै पार्टीको नियमित काममा फर्कने जानकारी दिएका छन् ।
कोभिड–१९ को सङ्क्रमण देखिएपछि केही दिन होम आइसोलेसनमा बसेका उनी ज्वरो र निमोनियाका कारण अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएपछि उनी अस्पतालबाट डिस्चार्ज भएर होम आइसोलेसनमा बसेका थिए ।
सम्बन्धित
प्रतिक्रिया