बुधबार, वैशाख १२, २०८१

मकवानपुरमा पहिरोबाट सडक अवरोध

नेपालखोज २०७७ असोज ८ गते १७:५८

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका ९ डन्डु भञ्ज्याङस्थित सडकमा बिहीबार दिउँसो पहिरो खस्दा सडक अवरोध भएको छ । प्रहरी चौकी सिमभन्ज्याङबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका-१ पहिरा खोलास्थित पूर्वपश्चिम राजमार्गमा पहिरो जाँदा बुटवलबाट प्युठानतर्फ जाँदै गरेको ५ नम्बर प्रदेश भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको लु.१ झ ४२२ नम्बरको जीप बिहीबार बिहान पुरिएर जीपमा क्षति पुगेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

रसुवाको गोसाईकुंण्ड गाउँपालिका-२ टिमुरे तातोपानी डाँडास्थित पासाङ ल्हामु सडकमा बिहीबार बिहान पहिरो जाँदा सडक पूर्णरुपमा अवरोध भएको छ । प्रहरी चौकी स्याफ्रूबेसीबाट खटिएको प्रहरीले रसुवागढी हाइड्रोपावरसंग समन्वय गरी सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया