बिहीबार, वैशाख १३, २०८१

भेस्पा अप्रिलियाको बडा दशैँ तिहार योजना सार्बजनिक

नेपालखोज २०७७ असोज ८ गते १८:१५

काठमाडौं । नेपालमा भेस्पा र अप्रिलिया स्कूटरको अधिकारिक बिक्रेता दुगर ब्रदर्स एंड सन्स प्रा. लि ले बडा दशैँ तिहारलाई लक्षितगरि बडा दशैँ तिहार योजना सार्बजनिक गरेको छ ।

भेस्पा र अप्रिलियाले सुरक्षितयात्रा को लागि सुरु गरेको यस योजनामा भेस्पा र अप्रिलिया किन्न इछुक ग्राहकहरुले स्क्राच कार्ड मार्फत पाँच हजार देखि ५० हजार रुपैयाँसम्मको नगद छुट र सुन्य प्रतीशत ब्याजदरमा पनि खरिद गर्न सक्नेछन् । साथै भेस्पा र अप्रिलियाको अफिसियल हेल्मेट, फुट म्याट, स्कुुटर कभर र किरिङको साथै एक आर्थिक वर्षको फ्री रोड ट्याक्स र १५० सिसी भेस्पाको खरिदमा १० हजार रुपैयाँ बराबरको फ्री पेरिमीटर किट पनि उपलब्ध गराएको छ ।

ग्राहकको सुबिधालाई मध्यनजर गर्दै कम्पनीले अनलाईनबाट नै स्कूटर बुुकिङ गर्न सकिने र ग्राहकले चाहेको स्थानमा फ्रि डेलिभरी समेत गराउने गरेको छ । कोभिड १९ को यो महामारीले गर्दा नेपाली अर्थव्यवस्था तथा उपभोक्तामा ठुलो असर गरिरहेको अवस्थामा सुरक्षित यात्रालाई प्राथमिकता दिदै उपभोक्तालाई खरिदमा सहज बनाउनको लागि यो योजना सार्बजनिक गरिएको यस दुगर ब्रदस एंड सन्स प्रा. लिका उपादक्ष्य विजय महतो बताउँछन् ।

प्रतिक्रिया