शनिबार, वैशाख ८, २०८१

कोरोना संक्रमण परीक्षण गरेपछि छिटो रिपोर्ट दिने व्यवस्था मिलाउन सुझाव

नेपालखोज २०७७ असोज ८ गते १९:५४

काठमाडौं । कोरोना भाइरस रोकथाममा सरकारले गरेका काम कारबाहीको अनुगमन गर्न गठित संसदीय उपसमितिले कोरोना संक्रमण परीक्षण गरेपछि छिटो रिपोर्ट दिने व्यवस्था मिलाउन सुझाव दिएको छ ।

सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले आज आफ्ना सुझाव संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीलाई बुझाएको छ । सुझावमा पीसीआर रिपोर्ट तुरुन्त प्रदान गर्न देशभरका ल्याबहरुलाई एकीकृत रुपमा समन्वय गर्न र पीसीआर ल्याब क्षमताअनुसार सञ्चालन गर्न भनिएको छ ।

उपसमितिले होम आइसोलेसनमा बसेका संक्रमितको स्वास्थ्यकर्मीले नियमित निगरानी गर्ने व्यवस्था गर्नुपर्ने, कोरोना विशेष अस्पतालमा दक्ष जनशक्ति, आईसीयू र भेन्टिलेटरको व्यवस्थापन गर्नुपर्ने सुझाव पनि दिएको छ ।

प्रतिक्रिया