शुक्रबार, वैशाख ७, २०८१

आज पनि मौसम प्रभावित, केहि ठाउँमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७७ असोज ९ गते ७:०९

काठमाडौं। जल तथा मौसम पूर्वानुमान महाशाखाकाअनुसार देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, २ बागमती, गण्डकी र प्रदेश ५ का केही स्थानहरूमा अहिले हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १ र २ का थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशको एकरदुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा प्रदेश १, २ र बागमतीका एकरदुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ। ती स्थानहरू आसपास भएर बहने नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया