शुक्रबार, वैशाख ७, २०८१

सनराइज बैंकले ल्यायो ‘डिजिटल टेलर सेवा’

नेपालखोज २०७७ असोज ९ गते ११:४७

काठमाडौं । सनराइज बैंकले डिजिटल टेलर (Digital Teller) सेवा ल्याएको छ । बैंकका काउन्टर मार्फत नगद झिक्ने प्रक्रियालाई अझ सहज बनाउन यो सेवा ल्याएको हो । उक्त सेवा मार्फत चेक तथा एटिएम कार्ड नभए पनि बैंक खाताबाट नगद झिक्न मिल्ने बैंकले बताएको छ ।

उक्त सेवा ल्याएसँगै मोबाइल बैंकिङ्ग एप्लीकेसन सन्राइज स्मार्टको प्रयोग गरी बैंकका काउन्टरहरुमा रहेका क्यूआर कोड त्तच् ऋयमभ स्क्यान गरी सजिलै नगद प्राप्त गर्न सक्ने जानकारी दिएको छ । यो सेवा मार्फत प्रयोगकर्ताले बैंकको शाखाहरुमा रहेको क्यूआर कोड त्तच् ऋयमभ स्क्यान गरी एक दिनमा १ लाख रुपैंया र प्रति महिनामा १० लाख रुपयाँसम्म नगद निकाल्न सक्ने जनाएको छ ।

पेपरलेस बैंकिङ्ग तर्फ उन्मुख बैंकको यस कदमले सर्वसाधारणलाई डिजिटल बैंकिङ्गमा अभ्यस्त बनाउन थप मद्दत गर्ने बैंकको विश्वास रहेको बैंकले बताएको छ ।

प्रतिक्रिया