बुधबार, असार १८, २०८२

बालुवाटारमा दुई अध्यक्षवीच बैठक जारी, गुटका कारण मन्त्री चयन गर्न सकस

नेपालखोज २०७७ असोज ९ गते १२:०७

काठमाडौं । करीव दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका नेकपामा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मन्त्रीपरिषद् पुर्नगठन गर्नका लागि अर्का अध्यक्ष पुष्पकमल दाहालसँग शुक्रबार विहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भईरहेको छ । विहीबार नै मन्त्रीपरिषद् पुर्नगठनको तयारीमा जुटेका दुई अध्यक्ष वीच कुरा नमिलेपछि शुक्रबार थप छलफलमा जुटेका हुन् ।

गत आईतवार नेकपाको सचिवालय बैठकले मन्त्रीपरिषद् पुर्नगठन गर्ने प्रस्ता गरेपछि दुई अध्यक्ष केही मन्त्री हटाएर उनीहरुका ठाउँमा नयाँ मन्त्री ल्याउने तयारीमा जुटेका हुन् । सरकारमा सामेल मन्त्रीहरुको कार्यकाल दुई वर्ष वितिसकेका कारण अहिले राम्रा काम गरेका मन्त्रीलाई यथावत राख्दै विवादित मन्त्रीहरुलाई हटाउने गरी बालुवाटारमा छलफल भईरहेका बुझिएको छ ।

मन्त्रीहरु हटाउने र नयाँलाई जिम्मेवारी दिनका लागि लामो वहश भएपनि मापदण्ड बनाउने जिम्मेवारी दुर्व अध्यक्षलाई सचिवालय वैठकले गरेको थियो । सम्भवत शुक्रबार विहानै देखि बसेको दुई अध्यक्षको छलफल सहमतिमा टुङ्गिएको खण्डमा एकसाता भित्रै मन्त्रीमण्डलमा नयाँ मन्त्रीहरु थपिने सम्भावना देखिएको छ । मन्त्री बन्नेहरुको होडबाजीसँग पूर्व एमाले र पूर्व माओवादी भित्रको गुट विवादले गर्दा दुई अध्यक्षलाई सकस परिरहेको नेकपाका एक नेताले नेपालखोजलाई जानकारी दिए ।

प्रतिक्रिया