सोमबार, वैशाख ८, २०८२

१० जिल्लामा विस्तार गर्दै अस्किना केवल

नेपालखोज २०७७ असोज ९ गते १४:२८

चितवन । नवलपरासी, चितवन र मकवानपुरमा सेवा दिँदै आएको अस्किना केवलले सेवा विस्तार गरेर १० जिल्लामा पुर्याउने भएको छ । सोही कम्पनीले यी तीन जिल्लामा इन्टरनेट र सिम टिभी वितरण गर्दै आएको छ ।

अस्किना केवल नेट प्रालिका प्रबन्ध निर्देशक दीपक अधिकारीका अनुसार तनहुँको दमौली, कास्कीको पोखरा, लमजुङको बेँसीशहर, गोरखाको गोरखा बजारमा सेवा विस्तार गर्न लागिएको हो । यसैगरी, रुपन्देही, कपिलवस्तु, सिराहा र सुनसरीका मुख्य शहरमा इन्टरनेट सेवा विस्तार गर्न लागिएको उनले जानकारी दिए ।

कम्पनीका अध्यक्ष मिलन गुरुङले स्थापनाको दुई वर्षको अवधिमा तीन जिल्लाका ग्राहकको सन्तुष्टिसँगै सेवा विस्तार गर्न लागिएको बताए । एक वर्षभित्रमा सेवा विस्तार सक्ने गरी काम भइरहेको उनकोे भनाइ थियो । उनका अनुसार सिम टिभीका ग्राहक २७ हजार छन् । जिल्ला विस्तारसँगै टेलिभिजनका ग्राहक ५० हजार र इन्टरनेटका ग्राहक ३० हजार कटाउने लक्ष्य रहेको गुरुङले बताए । सो कम्पनीले अन्तर्राष्ट्रिय प्रतिष्ठित कम्पनी हुवाहेको उच्चस्तरको उपकरण प्रयोग गरेको दाबी गरेको छ ।

प्रतिक्रिया