शनिबार, वैशाख १५, २०८१

हुवावेः फाइभ टेक डोमेनको सिनर्जीले नयाँ भ्यालु सिर्जना गर्ने

नेपालखोज २०७७ असोज ९ गते ८:५०

२३ सेप्टेम्बरमा शंघाईमा हुवावे कनेक्ट २०२० को शुरुवात गरियो । हुवावे कनेक्ट हुवावेद्वारा ग्लोबल आईसीटी उद्योगको लागि संचालन गरिएको एक वार्षिक फ्ल्यागशिप कार्यक्रम हो । यो एक प्लेटफर्म हाे जहाँ हुवावेले आफ्नोे प्रमुख रणनीतिहरूको खुलासा गर्दछ ।

२०१६ मा हुवावेले एक बौद्धिक विश्वको कल्पना गरेको थियो र यसका विश्वव्यापी साझेदारहरूलाई कोस्टारिका जस्तो ईकोसिस्टम मिलेर निर्माण गर्न आह्वान गरेको थियो । २०१७ मा हुवावेले विश्वको पाँच प्रमुख क्लाउड सेवा प्रदायकमध्ये एक हुने आफ्नो लक्ष्य घोषणा गरेको थियो । २०१८ मा हुवावेले आफ्ना एआई रणनीतिको खुलासा गरेको थियो भने २०१९ मा कम्प्युटिङ्ग रणनीतिको ।

२०२० मा फाइभजीको विस्तार विश्वव्यापी रूपमा गरिएको हुँदा कनेक्टिभिटी, क्लाउड, एआई, कम्प्युटिङ्ग र उद्योग अनुप्रयोगहरू सबै एक साथ आईसीटी क्षेत्रको लागि अभूतपूर्व अवसरहरू सिर्जना गर्दै छन् । त्यसैले यसवर्ष हुवावे कनेक्टको ध्यान फाइभ टेक डोमेनको सिनर्जीले नयाँ भ्यालु सिर्जना गर्ने (Creating new value with synergy across five tech domains) रहेको छ ।

यसै क्रममा हुवावेले उद्योगहरूमा आईसीटी टेक्नोलोजी प्रयोगमा ध्यान केन्द्रित गर्नेछ र यसको साझेदारहरूको साथ परिस्थिति–विशेष समाधानहरू प्रदान गर्दै उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकारका रणनीतिक लक्ष्यहरू प्राप्त गर्न मद्दत पु¥याउन घरेलु उद्योगको वृद्धि, घटकहरूलाई फाइदा र समग्र गभरनान्स सुधार गर्नेछ ।

कार्यक्रममा हुवावेका रोटेटिङ्ग चेयरमैन, गुओ पिंगले फाइभ टेक डोमेनको सिनर्जीले नयाँ भ्यालु सिर्जना गर्ने शीर्षकमा मुख्य भाषण दिनुभयो । गुओले भने, अधिक जसो सरकार र उद्यमहरू डिजिटल हुँदैछन् र इन्टेलिजेन्सको प्रयोग गर्ने भएकोले आईसीटी क्षेत्रले बृद्धिको अविश्वसनीय सम्भावना देख्दछ । हामी हाम्रा साझेदारहरूसँग मिलेर यो नयाँ अध्याय अगाडि बढाउन चाहन्छौं ।

गुओले हुवावेको प्रमुख अभ्यासहरूमा आईसीटी प्रविधिलाई उद्योगका प्रकृयासँग जोडेर र प्रमुख व्यापार प्रणालीहरूको सम्बन्धमा सरकार र उद्यमहरूको लागि भ्यालु सिर्जना गर्न परिदृश्य–विशेष समाधानहरू प्रदान गरेर स्मार्ट उद्यम, क्याम्पस र शहरहरू निर्माण गर्न सहयोग गर्ने कुरा राखे ।

अर्को चरणमा हुवावेले आफ्ना साझेदारहरूसँग आईसीटी प्रविधिहरू उद्योगमा लागू गर्न, उद्यमहरूलाई उनीहरूको व्यवसाय बढाउन र सरकारलाई घरेलु उद्योगको बृद्धि गर्ने, आफ्ना घटकहरूलाई फाइदा पु¥याउने, र समग्र गभरनान्स सुधार गर्ने रणनीतिक लक्ष्यहरू प्राप्त गर्न सहयोग गर्नेछ ।

हुवावेले निम्नलिखित प्रमुख व्यापार डोमेनहरुमा लगानी गरिराख्ने छ–
नेटवर्क डोमेनमा हुवावेले इन्टेलिजेन्ट कनेक्टिभिटीको अवधारणा प्रस्ताव गरेको छ, जसको उद्देश्य सर्वव्यापी गिगाबिट एक्सेस र डिटरमिनिस्टिक अनुभव प्रदान गर्ने हाइपर–अटोमेटेड नेटवर्क प्रदान गर्नु हो र सरकार र उद्यमहरूको प्रमुख व्यापार प्रणालीको इन्टेलिजेन्ट अपग्रेड सक्षम पार्र्नु हो ।
कम्प्युटिङ्ग डोमेनमा ह्वावे ग्राहकहरुलाई विविध कम्प्युटिङ्ग पावर उपलब्ध गराउन र हार्डवेयरबाट सफ्टवेयर अलग गर्दै यसको विभिन्न प्रोसेसिंग आवश्यकता (x86 र Kunpeng सहित) हरुलाई अनुकूलन गर्न प्रतिबद्ध छ ।
क्लाउड सेवा डोमेनमा हुवावेले १५ लाखभन्दा बढी विकासकर्ताहरूलाई आकर्षित गर्दै विश्वव्यापी २३ वटा क्षेत्र स्थापित गरेको छ ।
एआई डोमेनमा हुवावेको लक्ष्य भनेको एआई लाई सरकार र उद्यमहरूको प्रमुख व्यापार प्रणालीमा दक्ष एआई प्रणाली निर्माण र डाटा प्रयोग गरेर अझ राम्रोसँग एकीकृत गर्नु हो ।
कनेक्टिविटी, कम्प्युटिङ्ग, क्लाउड र एआई १०० वर्ष अगााडिको बिजुली जस्तै छन् भने उद्योग अनुप्रयोगहरू घरेलू उपकरण र बिजुलीद्वारा संचालित औद्योगिक उपकरणहरू जस्तै छन् ।

यी फाइभ टेक डोमेनका सिनर्जीले हुवावेलाई मात्रै अवसर नल्याउने कुरामा विश्वास गर्दछ । अझ महत्त्वपूर्ण कुरा भन्नु पर्दा तिनीहरूले सम्पूर्ण क्षेत्रका लागि अवसरहरू प्रस्तुत गर्नेछ । हुवावेले समग्र रुपमा आफ्ना साझेदारहरूको अर्थव्यवस्था बढाउदै, उनीहरुलार्ई नयाँ भ्यालु चेनबाट अधिक फाइदा लिनको लागि सक्षम पार्ने आशा राख्दछ ।

कोस्टा रिकाजस्तो विविध र सम्वृद्ध ईकोसिस्टम बनाउनका लागि गुओले २०१६ मा प्रस्ताव गरेका तीन सिद्धान्तलाई स्मरण गर्नुभयो । उहाले तीनवटा उदाहरण पनि सेयर गर्नुभयो, जसमा हुवावेले आफ्ना तीन साझेदारहरूलाई उनीहरूको व्यवसाय बढाउन मद्दत गरेको छः टेक शिक्षा, कूलर मास्टर, र सीएस र एस । गुओले उल्लेख गरे कि हुवावेले आफ्नो साझेदारहरुलाई उद्योगका अनुप्रयोगहरूको विकास गर्न, सप्लाई चेनलाई बढावा दिन र आफ्नै उद्योगहरुको विकास गर्न लगातार प्रयास गर्नेछ ।

शेन्जेनका मेयर चेन रुगुईले पनि उक्त कार्यक्रममा मन्तब्य राखेका थिए । शेन्जेनले गुआंग्डोंग– हंगकंग–मकाओ ग्रेटर बे क्षेत्र र शेन्जेन पायलट प्रदर्शन क्षेत्रमा चलिरहेको विकासले ल्याएका अधिकांश अवसरहरूको सक्दो फाइदा लिइरहेको छ, उनले भने । हामी विश्वभरका ठूला शहरहरूमा बिकासको अर्को चरण पुग्ने प्रयत्न गरिरहेका छौं । हुवावे र अन्य टेक कम्पनीहरूको उन्नत प्रविधिहरू प्रयोग गरेर शेन्जेन इन्टेलिजन्ट ट्विन्स निर्माण गर्दा हाम्रो शहर दिन प्रतिदिन स्मार्ट हुँदै गइरहेको छ । हामी फाइभजीद्वारा ल्याइएका नयाँ अवसरहरू प्रयोग गर्नेछौं, थप परिदृश्यमा फाइभजी अपनाउने छौं, औद्योगिक इन्टरनेटलाई प्रोत्साहन दिनेछौं, भर्टिकल इन्टरकनेक्टिभिटिलाई अगााडि बढाउनेछौं र एसएमईको डिजिटल रूपान्तरणमा समर्थन गर्नेछौं । शेन्जेनले चीनको डिजिटल अर्थव्यवस्था को लागि गोल्ड मानक तय गर्ने लक्ष्य राखेको छ । हामी दृढ विश्वास गर्दर्छौं कि प्रविधिमा मानिसको जीवन र शहरलाई अझै राम्रो बनाउन सक्ने क्षमता छ ।

हुवावेका बोर्ड सदस्य र हुवावे इन्टरप्राइज बीजीका अध्यक्ष, पेङ्ग जोङ्गयाङ्गले डिजिटल रूपान्तरणका लागि नयाँ प्रतिमान विकास गर्ने बारेमा मुख्य भाषण दिए । यस नयाँ ढाँचाअन्तर्गत हुवावे बदलिएको नवीनतामार्फत् ग्राहकको आवश्यकता र आकांक्षाहरू पूरा गर्न प्रतिबद्ध छ । फाइभ टेक डोमेनहरूको तालमेल प्रयोग गरेर हुवावेले एक मजबूत डिजिटल इकोसिस्टम निर्माण जारी राख्नेछ, जसले उद्योगहरूको लागि नयाँ भ्यालु सिर्जना गर्दछ ।

शेन्जेन एयरपोर्ट समूहका महाप्रबन्धक चेन जिन्जु र शेन्जेन मेट्रो समूहका महाप्रबन्धक ट्याङ्ग शाओजीले स्मार्ट एयरपोर्ट र स्मार्ट मेट्रो प्रणाली निर्माणमा आफ्ना अनुभव व्यक्त गर्नुभयो । यस कार्यक्रममा ह्वावेले दुनियाभरमा रहेका आफ्ना उत्कृष्ट साझेदारहरुसंग इकोसिस्टम साझेदारी विकास गर्नको लागी आफ्नो नारा घोषणा ग¥योः इनोभेट, ग्रो, एण्ड विन टुगेदर ।

ह्वावे उपभोक्ता व्यापार समूह, उपभोक्ता क्लाउड सेवाका अध्यक्ष, झाङ्ग पिंग’नले कसरी पूर्ण रूपमा खुला ह्वावे मोबाइल सेवाले वित्त, सरकार, शिक्षा, उद्यम, मनोरन्जन र व्यापार लगायत बिभिन्न क्षेत्रहरुमा डिजिटल इनोभेसनलाई सशक्त बनायो भन्ने कुरा बताउनुभयो, जसबाट ब्क्ष् जीवन सेवाहरू सिर्जना गरेर उपयोगकर्ताको विविध आवश्यकताहरू पूरा गर्न सकिन्छ ।

अन्तमा, गुओले सबै हुवावे साझेदारहरूलाई आमन्त्रन गर्नुभयो, हुवावेले शक्ति उत्पादन गर्न सक्दछ र हाम्रा साझेदारहरूले यसलाई उपयोग गर्न सक्दछन् । हामी सँगै मिलेर सफल हुनेछौं र हाम्रा ग्राहकहरूको लागि अझ ठूलो भ्यालु सिर्जना गर्नेछौं ।

ह्वावे कनेक्ट २०२० एक हुवावेद्वारा ग्लोबल आईसीटी उद्योगको लागि संचालन गरिएको वार्षिक फ्ल्यागशिप कार्यक्रम हो जुन शंघाईमा सेप्टेम्बर २३ देखि २६, २०२० सम्म संचालन हुनेछ । हुवावे कनेक्ट एक खुला प्लेटफर्म हो जुन हाम्रा ग्राहकवर्ग र साझेदारलाई नेभिगेट गर्न, अनुभव बाढ्न र नयाँ भ्यालु सिर्जना गर्न सहयोग गर्न तयार पारिएको हो । यस वर्षको कार्यक्रममा हामी उद्योग डिजिटलाइजेशनमा ट्रेन्ड्स र अवसरहरूको अन्वेषण गर्नेछौंस उन्नत आईसीटी टेक्नोलोजी, उत्पादन, र सोलुसनको प्रदर्शनस संयुक्त इनोभेसनको फलमा एक आन्तरिक हेराईस र डिजिटल रूपान्तरणमा सबैभन्दा राम्रो अभ्यास सेयर गरिने छ । हाम्रो लक्ष्य भनेको एक खुला र स्थापित उद्योग इकोसिस्टम निर्माण गर्नु हो जसले सबै सरोकारवालालाई फाइदा पुर्याउनेछ र सबै उद्योगहरूको लागि नयाँ भ्यालु सिर्जना गर्नेछ । अधिक जानकारीका लागि, हेर्नुहोस् । https://www.huawei.com/en/events/huaweiconnect2020/

प्रतिक्रिया