शुक्रबार, चैत १६, २०८०

वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन शिक्षा मन्त्रालयको आग्रह

नेपालखोज २०७७ असोज १० गते १५:११

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड( १९) को जोखिम कायमै रहेको समयमा विद्यालय खोल्न उचित नरहेको भन्दै वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आज कोभिड–१९ को जोखिम कायमै रहेकाले केही समय विद्यालय खोल्नभन्दा वैकल्पिक सिकाइ प्रणालीलाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

शिक्षा पत्रकार समाजले आज आयोजना गरेको ‘वैकल्पिक सिकाइको कार्यान्वयनमा सञ्चारमाध्यमको भूमिका’ विषयक भर्चुअल छलफलमा मन्त्री पोखरेलले शिक्षालयमा सङ्क्रमण देखिएमा त्यसलाई नियन्त्रण गर्न कठिन हुने भएकाले हाललाई सूचना, सञ्चार र प्रविधिको प्रयोगमा आधारित वैकल्पिक प्रणालीमा जोड दिन आग्रह गरे ।

उनले शिक्षक, अभिभावक र विद्यार्थीको सम्पर्क स्थापितका लागि सामुदायिक विद्यालयमा निःशुल्क र निजी विद्यालयमा सहुलियत रुपमा क्लोज युनिट ग्रुप (सियुजी) मा आबद्ध गराई सञ्चार सहजता बढाइएको बताए ।

प्रतिक्रिया