मंगलबार, वैशाख ११, २०८१

ड्रग्ससँग जोडेर हामीलाई बदनाम गर्ने काम भइरहेको छ : करण जोहर

नेपालखोज २०७७ असोज ११ गते १२:१९

एजेन्सी । बलिउड अभिनेता सुशान्त सिंह राजपूतको घटनाले धेरै बलिउड फिल्मकर्मी विवादमा तानिए । सुपरस्टार सलमान खान, सञ्जय दत्त देखि लिएर थुप्रै नायिकाहरु यस प्रकरणमा मुछिए । थुप्रै स्टार किडलाई फिल्ममा डेब्यु गराएका कारण निर्देशक तथा निर्माता करण जोहर यस विवादमा अलि धेरै फसे । जसका कारण उनी डिप्रेसनको शिकार भएको समाचार पनि बाहिरिए । सुशान्तको मृत्यु प्रकरण पहिले नेपोटिजम तिर मोडियो भने अहिले ड्रग्स तिर मोडिएको छ । सोही कारणले फरी कलाकार, निर्देशक र निर्माताहरु अहिले ड्रग्ससँग जोडिएर विवादमा तानिएका छन् ।

ड्रग्स मामलामा धर्मा प्रोडक्सनका दुई व्यक्तिसँग एनसिबीले सोधपुछ गरेपछि निर्देशक तथा निर्माता करण जोहरले स्पष्टिकरण दिएका छन् । शुक्रवार उनले ट्विटरमार्फत् आफ्नो भनाई सार्वजनिक गर्दै भनेका छन्, ‘म न ड्रग्स लिन्छु न त यसलाई प्रमोट नै गर्छु । म र मेरो परिवारको बारेमा, साथीहरु र धर्मा प्रोडक्सनको बारेमा अहिले जुन कुराहरु भइरहेको छ, त्यो सबै बकवास हो ।’

करण जोहरको प्रोडक्सन हाउसमा आवद्ध निर्माता क्षितिज रवि प्रसादलाई एनसिबीले सोधपुछ गरिरहेको छ । शुक्रवार उनको घरमा एनसिबीले छापा पनि मारेको थियो । उनको घरमा केही ड्रग्स भेटिएको भारतीय सञ्चार माध्ययमले बताएका छन् । यस बारेमा करण भन्छन्, ‘उनीहरु मेरा सहयोगी हुन् । उनीहरुलाई म व्यक्तिगत रुपमा जान्दिनँ ।’ उनले आफू र धर्मा प्रोडक्सनलाई बदनाम गर्ने काम भइरहेको समेत बताएका छन् ।

प्रतिक्रिया