बुधबार, वैशाख १२, २०८१

वडा दशैको लागि सानिमा बैंकले ल्यायो निःशुल्क क्रेडिट कार्ड

नेपालखोज २०७७ असोज १२ गते ११:५१

काठमाडौं । नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा सानिमा बैंकले “क्रेडिट कार्डको बहार सानिमा बैंकमा” नारासहित निःशुल्क क्रेडिट कार्ड जारी गर्ने भएको छ ।

बैंकका अनुसार यो योजना १२ आश्विन अर्थात आज सोमबारदेखि आश्विन मसान्त २०७७ सम्म आवेदन दिने सम्पूर्ण ग्राहकहरुमा लागू हुनेछ । साथै, सुलभ ब्याजदरमा मासिक किस्ताबन्दी भुक्तानीको व्यवस्था गर्न सकिनेछ । यसैगरी पहिलो ५० जना ग्राहकहरुले अनलाईन सपिङ्ग पोर्टल दराजमा तीन हजार रुपैयाँ बराबरको सामान खरिद गर्दा पाँच सय रुपैयाँको निःशुल्क भौचर समेत प्राप्तगर्न सक्नेछन् ।

बैंकको सातै प्रदेशमा हाल ८२ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया