सोमबार, कार्तिक २६, २०८१

सोमबार ४.७३ अंक घट्यो शेयर बजार

नेपालखोज २०७७ असोज १२ गते १५:५३

असोज १२, काठमाडौं । साताको दोस्रो काराबार दिन सोमबार शेयर बजार ४ दशमलव ७३ अंक घटेको छ । यो दिन नेप्से परिसूचक १ हजार ५६० दशमलव ८३ विन्दुमा बन्द भएको हो । आइतबार ४ दशमलव २९ अंक बढेको बजार सोमवार भने लगानीकर्ताहरुले नाफा बुक गर्दा सामान्य अंकले घटेको हो ।

सोमबार १ हजार ५६६ दशमलव ४४ विन्दुदेखि खुलेको बजार एक घण्टासम्म बढेको थियो । एक घण्टाको कारोबार अवधिसम्म बजार १ हजार ५६९ दशमलव ३१ विन्दुसम्म पुगेको थियो । यस दिन सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ८७ अंक घटेर ३०९ दशमलव ६० विन्दुमा झरेको छ ।

सोमबार कारोबार रकम पनि आइतबारको भन्दा कम भएको छ । यस दिन १९१ कम्पनीको ३० हजार ५९६ पटकको व्यापारमा १ अर्ब ६९ करोड १ लाख ५४ हजार रूपैयाँ बराबरको ६९ लाख ९७ हजार ४२० कित्ता शेयर कारोबार भएको छ । आइतवार भने ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार रूपैयाँ बराबरको शेयर खरिद विक्री भएको थियो ।

सोमबार १२ समूहगत परिसूचकमा वित्त समूहको १ दशमलव ४९ प्रतिशत र विकास बैंकको शून्य दशमलव १२ प्रतिशत बढेको छ भने बाँकी समूहको घटेको छ । यस दिन व्यापारिक समूहको सर्वाधिक १ दशमलव ३५ प्रतिशतले परिसूचक घटेको हो । त्यस्तै होटल समूहको १ दशमलव शून्य ९ प्रतिशत, जलविद्युतको शून्य दशमलव २३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ६३ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ६५ प्रतिशत, अन्यको शून्य दशमलव शून्य १ प्रतिशत, लघुवित्तको शून्य दशमलव ३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५५ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४८ प्रतिशत परिसूचक घटेको हो ।

सोमबार हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । यस कम्पनीको ९ करोड ३२ लाख ६३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो । त्यस्तै दोस्रोमा सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । नेपाल पुनर्बीमा कम्पनीको सोमबार ६ करोड ४० लाख ३३ हजार रूपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

यो दिन पाँचथर पावरको शेयरमूल्य सर्वाधिक ५ दशमव १७ प्रतिशतले घटेको छ । सर्वाधिक प्रतिशतले घटेको पाँचथर पावरको अन्तिम शेयरमूल्य १६५ रूपैयाँ कायम भएको हो । सोमबार पाँचथर पावरको शेयरमूल्य प्रतिकित्ता ९ रूपैयाँले घटेको हो । वित्त समूहको परिसूचक सर्वाधिक बढेको दिन तीन फाइनान्स कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि देखिएको छ । नेपाल फाइनान्सको शेयरमूल्य ९ दशमलव ६३ प्रतिशत, सेन्ट्रल फाइनान्सको शेयरमूल्य ८ दशमलव ११ प्रतिशत र रिलायन्स फाइनान्सको शेयरमूल्य ७ दशमलव ६४ प्रतिशत बढेको हो ।

प्रतिक्रिया