लोक सेवा आयोगको प्रतिवेदन प्रस्तुत
नेपालखोज
२०७७ असोज १२ गते १८:५१
काठमाडौं । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाई समक्ष बागमती प्रदेश लोक सेवा आयोगको वार्षिक प्रतिवेदन २०७६ सोमबार प्रस्तुत गरिएको छ । सो आयोगको तर्फबाट अध्यक्ष सुरेशमान श्रेष्ठले हेटौंडामा आायेजित कार्यक्रममा प्रदेश प्रमुख प्रसाईलाई उक्त प्रतिवेदन प्रस्तुत गरे ।
सो अवसरमा आयोगका सदस्यद्वय शर्मिला न्यौपाने र सुदर्शन प्रसाद ढकाल सहभागि थिए । उक्त वार्षिक प्रतिवेदन थप अध्ययन गरी सुझाव सङकलनको साथै कार्यान्वयनको लागि प्रदेश सरकारलाई पठाइने प्रदेशप्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया