बुधबार, वैशाख १२, २०८१

विराटनगरमा संचालन गर्ने तय गरिएको कक्षा ११ को परीक्षा स्थगन

नेपालखोज २०७७ असोज १३ गते ९:०६

काठमाडौं । कोरोना संक्रमणको ‘हटस्पट’ मानिएको विराटनगरमा संचालन गर्ने तय गरिएको कक्षा ११ को परीक्षा स्थगन भएको छ ।

विराटनगर महानगरपालिकाले महानगर क्षेत्रका उच्च माध्यमिक विद्यालयहरुमा परीक्षा संचालन गर्ने भन्दै परीक्षाको तालिका नै सार्वजनिक गरिएको थियो । तर, जिल्ला प्रशासन कार्यालय मोरङमा बसेको सर्वपक्षीय छलफलले परीक्षा नगर्ने निश्कर्ष निकालेको छ ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले परीक्षा स्थगनको निर्णय भने जिल्लास्थित कोभिड क्राइसिस म्यानेजमेन्ट कमिटीले गर्ने बताउनु भएको छ । हिजो भएको छलफलले अहिलेको कोरोना माहामारीको विषम परिस्थितिमा परीक्षा संचालन गर्नु उपयुक्त नभएकोे निश्कर्ष निकालेको छ ।

उच्च माविहरुले चाडबाडको बेला शुल्क अशुल्ने अभिप्रायले नै परीक्षा लिन खोजेको भन्दै यसको चर्को आलोचना भएको थियो । महानगर क्षेत्रभित्रका उच्च माविहरुमा असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्मको लागि परीक्षाको तालिका सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया