शुक्रबार, वैशाख ७, २०८१

फाँसीमा चढाउनु अघि अन्तिम इच्छा किन सोधिन्छ ?

नेपालखोज २०७७ असोज १३ गते १८:५८

 

एजेन्सी । मानिस मर्ने निश्चित भएमा अन्तिम इच्छा सोधिने प्रचलन छ । जतिसुकै ठूलो अपराधी भएपनि अन्तिम इच्छा सोधिन्छ । अन्तिम इच्छा पुरा गरिदिँदा उनको आत्माले शान्ती पाउँछ र पुण्य प्राप्त हुन्छ भन्ने विश्वास छ ।

त्यसैले फाँसी दिन लागेको कैदीलाई पनि अन्तिम इच्छा सोध्ने गर्छन् । कैदीहरुले अन्य समयमा त इच्छा अनुसारको कुनै चीज मगाउन सक्दैनन् तर फाँसी दिने समयमा चाहीं अन्तिम इच्छा सोध्ने चलन छ ।

प्राय जसो कैदीको अन्तिम इच्छा परिवारको सदस्यसँग भेट्नु हुन्छ । कैदीलाई मौका दिएमा परिवारसँग भेटेर र अन्तिम कुरा गर्नु चाहन्छन् ।

फाँसीको सजाय पाएका मानिसहरुले आफ्नो इच्छा अनुसार कुनै पनि धार्मिक किताब पढ्न सक्छन् । यदि धार्मिक किताब पढ्ने इच्छा व्यक्त गरेमा जेल प्रशासनले हासी खुशी भएर पुुरा गरिदिन्छ । यसको साथै अन्य कुनै इच्छा भएमा जेलले पुरा गर्नु पर्ने कुनै प्रावधान भने छैन् ।

प्रतिक्रिया