शुक्रबार, वैशाख ७, २०८१

पछिल्लो दुुई महिनामा २ अर्ब रुपैयाँ बढिको बोनस सुचीकृत

नेपालखोज २०७७ असोज १४ गते १२:३६

काठमाडौं । चालुु आर्थिक बर्षको पछिल्लो दुुई महिनाको अवधिमा २ अर्ब २ करोड ८४ लाख ८८ हजार ७ सय १२ रुपैयाँ २७ पैसा बराबरको बोनस सेयर सुचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डले दिएको जानकारी अनुसार साउन ४ गते देखि यही असोज ५ गतेसम्म अर्थात पछिल्लो दुुई महिनामा सबै किसिमका गरी २१ वटा कम्पनीहरुको २ करोड २ लाख ८४ हजार ८ सय ८७ दशमलव १२ कित्ता बोनस सेयर सुचीकृत भएको हो ।

सुचीकृत कम्पनीहरु मध्येमा समाज लघुबित्त बित्तीय संस्था स्पर्श लघुुबित्त बित्तीय संस्था, समिट लघुुबित्त बित्तीय संस्था, नयाँ नेपाल लघुुबित्त बित्तीय संस्था सहितका ११ वटा लघुुबित्त संस्थाहरु रहेको बोर्डले जानकारी दिएको छ । यी बाहेक एक्सेल डेभलपमेन्ट बैंक, शाईन रेसुंगा डेभलपमेन्ट बैंक, शाईन रेसुगा डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र तिनाउ विकास बैंक सहितका चारवटा विकास बैंकहरुको पनि बोनस सेयर सुचीकृत भएको छ । बाँणिज्य बैंकतर्फ भने नेपाल बंगलादेश बैंकको ४० करोड ७६ लाख १२ हजार ६ सय रुपैयाँ बराबरको ४० लाख ७६ हजार एक सय २६ कित्ता बोनस सेयर सुचीकृत भएको छ ।

यसैगरी बीमा तर्फ प्राईम लाईफ इन्स्योरेन्स कम्पनी, आईएमई जनरल इन्स्योरेन्स कम्पनी र नेपाल इन्स्योरेन्स सहितका तीनवटा कम्पनीहरुको बोनस सुचीकृत भएका छन् । यी बाहेक नागरिक लगानी कोष र छ्याङदी हाईड्रो पावर कम्पनीको पनि बोनस सेयर सुचीकृत भएको धितोपत्र बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया