शुक्रबार, वैशाख १४, २०८१

शुन्दर यातायातले धुलिखेलमा बस सञ्चालन गर्ने

नेपालखोज २०७७ असोज १४ गते १७:३५

काठमाडौं । नेपालकै पहिलो बिजुली बस कम्पनी सुन्दर यातायातले काठमाडौँ देखि धुलिखेलसम्म बस संचालन गर्ने भएको छ । बिजुली बसको शुभारम्भ भएको अवसरमा पहिलोपटक काठमाडौँ उपत्यका बाहिर बस संचलान गर्न बुधबार सुन्दर यातायातका अध्यक्ष सहितको टोलीले काठमाडौँ देखि धुलिखेल सम्मको परिक्षण यात्रा गरेका थिए ।

काठमाडौँ देखि धुलिखेलसम्म पुग्दा बस धुलिखेलका मेयर अशोक बेन्जुले स्वागत गरेका थिए । नेपालकै पहिलो बिजुली बस आफ्नो नगरपालिकामा आउँदा आफु निकै उत्साहित भएको भन्दै निकट भविष्यमा नै सुन्दरको भरपर्दो र सुरक्षित यात्रा धुलिखेल बासीले गर्न पाउनेमा आफु आशावादी भएको बताए ।

सुन्दर यातायातले छिट्टै धुलिखेलमा बिधुतिय चार्जिंग स्टेसन निर्माण गर्ने र बस नियमित संचालन गर्ने सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले बताए ।

प्रतिक्रिया