आइतबार, असार २२, २०८२

काठमाडौं उपत्यकामा एकै दिन थपिए ९०२ कोरोना संक्रमित

नेपालखोज २०७७ असोज १४ गते १७:५६

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०२ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६९७ , भक्तपुरमा ९३ र ललितपुरमा ११२ गरि थप ९०२ जना कोरोना संक्रमित थपिएका हुन् ।

जसअनुसार काठमाडौंमा २७४ महिला र ४२३ पुरुष, भक्तपुरमा ५३ महिला र ४० पुरुष, ललितपुरमा ४६ महिला र ६६ पुरुषमा कोरोना संक्रमण देखिएको छ । मंगलबार काठमाडौंमा ७४७ , भक्तपुरमा ७३ र ललितपुरमा ११४ गरी ९३४ कोरोना संक्रमित थपिएका थिए ।

सोमबार काठमाडौंमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ गरी ८१७ कोरोना संक्रमित थपिएका थिए । आइतबार काठमाडौंमा ६३३, भक्तपुरमा ७२ र ललितपुरमा १०४ गरी ८०९ कोरोना संक्रमित थपिएका थिए । शनिबार काठमाडौंमा ५८३, भक्तपुरमा ६३ र ललितपुरमा ७८ गरी ७२४ कोरोना संक्रमित थपिएका थिए ।

प्रतिक्रिया