आइतबार, असार २२, २०८२

ईनरुवामा नियन्त्रित लागूऔषध सहित पक्राउ

नेपालखोज २०७७ असोज १४ गते १८:२१

सुनसरी । ईनरुवा नगरपालिका ४ बसपार्कबाट नियन्त्रित लागूऔषध २१ पिस नाइट्राभेट, १ बोतल कोरेक्स र नगद १ हजार ८ सय २० रुपैयाँ सहित रामधुनी नगरपालिका ७ बस्ने २७ वर्षीय योगेन निरौलालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

नारायणगढबाट विराटनगरतर्फ जाँदै गरेको ना.७ ख ९७९६ नम्बरको बसमा सवार उनलाई अस्थाई प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया