शनिबार, वैशाख ८, २०८१

राष्ट्र बैंकद्धारा एक अर्ब ७८ करोड रुपैयाँ लगानीको प्रस्ताव

नेपालखोज २०७७ असोज १४ गते १९:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक अर्ब ७८ करोड रुपैयाँ लगानीको लागि प्रस्ताव आव्हान गरेको छ । राष्ट्र बैंकले बुुधबार बाँणिज्य बैंक, विकास बैंक र फाईनान्स कम्पनीहरुको नाउँमा दुुई सय ४० दिने मुुद्धती निक्षेपकोरुपमा रकम लगानी गर्न आव्हान गरेको हो ।

उपदान तथा बिभिन्न कोषमा रहेको रकम २०७७ कार्तिक २ गते देखि २०७८ असार ३१ गतेसम्म राख्नको लागि आव्हान गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार रकम लगानी गर्ने बैंक तथा फाईनान्स कम्पनीहरुले यही असोज १८ गते अपरान्ह ४ बजेसम्म आफ्नो संस्थाले राख्न चाहेको रकम र दिन चाहेको व्याज समेत तोकेर प्रस्ताव पेस गर्नुपर्ने छ ।

लगानीको लागि छुुट्याईएको कुुल रकम मध्येमा बाँणिज्य बैंकहरुको लागि एक अर्ब ४२ करोड ४० लाख, विकास बैंकहरुको लागि २६ करोड ७० लाख र बाँकी ८ करोड ९० लाख रुपैयाँ फाईनान्स कम्पनीहरुको लागि छुट्याईएको छ ।
रकम लगानीको लागि प्रस्ताव पेस गर्नको लागि बैंक सञ्चालनमा आएको कम्तिमा दुई बर्ष पूरा गरेको, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्कृय कर्जा (एन.पी.एल.) कुल कर्जा सापटको ५ प्रतिशत भन्दा कम भएको हुुनुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया