मंगलबार, असार ५, २०८१

ठूला माछा समाउन नसकेका नवीन घिमिरेलाई आजीवन सुरक्षा

नेपालखोज २०७७ असोज १४ गते १९:३६

काठमाडौं । भ्रष्टाचारीलाई तह लगाउने अड्डाका रुपमा चिनिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई सरकारले आजीवन सुरक्षा दिने निर्णय गरेको छ ।

ठूला माछालाई भ्रष्टाचारको पोखरीमा नै रमाउन दिएर साना माछालाई समातेर बेइज्यत गरी आत्महत्या गर्न दुरुत्साहन गर्ने अख्तियार प्रमुख घिमिरेलाई सरकारले आजीवन सुरक्षा दिने निर्णय गरेको हो ।

पूर्व सचिव घिमिरेलाई टपक्क टिपेर अख्तियार प्रमुख बनाइयो तर उनले माखो पनि मार्न सकेनन् । चार वर्षे कार्यकालमा उनकै कारणले केही निष्कलंक व्यक्तिलाई भ्रष्टाचारको आरोपित बनाईदिए । जसका कारण आत्महत्या गर्न वाध्य भएका उदाहरण छन् ।

यस्ता घिमिरेलाई सरकारले संविधान दिवसका दिन प्रसिद्ध प्रवल जनसेवा श्री द्धितीय दिइएको थियो । सरकारको यो निर्णयसँगै अव घिमिरेले बाचुञ्जेल ११ जना सुरक्षाकर्मीको घेरा भित्र बस्ने छन् ।

 

प्रतिक्रिया