शुक्रबार, वैशाख ७, २०८१

भारतमा भेटियो २० करोड वर्ष पुरानो जीवाश्म

नेपालखोज २०७७ असोज १५ गते ७:३८

एजेन्सी । भारतको झारखण्डको साहिबगञ्ज जिल्लामा राजमहलको पहाडी इलाकामा करोडौं वर्ष पुरानो जीवाश्म (फोसिल्स) भेटिएको दाबी गरिएको छ ।

यी जीवाश्ममा जुरासिक कालका रुखका पातको छाप (लिफ इन्प्रेशन) छन् । यो १५०–२०० मिलियन (१५ देखि २० करोड) वर्ष पुरानो भएको बताइँदै छ ।

यो जीवाश्मा ती रुखको मानिएको छ जुन कुनैबेला शाकाहारी डाइनासोरको भोजन भएको अनुमान गरिएको छ । यससँगै यो इलाकामा जुरासिक काल (मेसोज्यायिक एज) का जीवजन्तुको जीवाश्म (एनिमल फोसिल्स) भेटिने सम्भावना पुनः बढेको छ ।

यदि यस्तो भए अनुसन्धानकर्ताका लागि उनीहरुको रुचीको नयाँ ढोका खोल्नेछ ।

प्रतिक्रिया