शनिबार, असार २, २०८१

चाडपर्वलक्षित सुपथ मुल्यका पसल आजदेखि सञ्चालन

नेपालखोज २०७७ असोज १५ गते १०:०२

काठमाडौं । सरकारले चाडपर्वलक्षित सुपथ मुल्यका पसल आजदेखि सञ्चालनमा ल्याएको छ । अन्य वर्षहरुमा झैं यसवर्ष पनि दशैं लक्षित बजार खुल्न थालेका छन् । विशेषगरी सरकारी स्वामित्वका संस्थानहरुले सुपथ मूल्य पसलहरु सञ्चालनमा ल्याएका छन् ।

दशैं, तिहार तथा छठजस्ता चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकालगायत बाहिरी जिल्लाहरुमा सरकारले सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयकाअनुसार विगतका वर्षहरुमा झैं यसवर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ड्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मूल्यमा सामग्री उपलब्ध गराउन थालेका छन् ।

आजबाट सञ्चालनमा आएका सुपथ मुल्य पसलहरु छठको भोलिपल्टसम्म निरन्तर सञ्चालनमा रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कोभिड १९ का कारण कम्पनीले केही महिनाअघिबाट अनलाईन डेलिभरी समेत दिदैं आइरहेको छ ।

पहिलो चरणमा काठमाडौंको चक्रपथभित्रका बासिन्दाका लागि मात्र लक्षित गरेर खोलिएको भएपनि अहिले उपत्यकाभर र सुर्खेतमा पनि अनलाईन अर्डर र डेलिभरीको काम भइरहेको छ । सोना मनसुली र जिरा मनसुली चामल, चिनीलगायतका खाद्य सामग्री चाडपर्वमा अनलाईनमार्फत उपभोक्ताको अर्डर डेलिभरी गर्ने योजना कम्पनीको रहेको छ ।

प्रतिक्रिया