सानिमा इन्स्योरेन्सको ३० करोड रुपैयाँको साधारण सेयर असोज २१ गतेबाट खुल्ला
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीले यही असोज २१ गतेबाट ३० करोड रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी ३० लाख कित्ता साधारण सेयर बिक्री गर्न लागेको हो ।
सेयर निष्काशन तथा बिक्री प्रर्वन्धक एनआईसी एशिया क्यापिटल मार्फत खुल्ला हुने सेयर बिक्री कार्य छिटोमा यही असोज २५ गते र ढिलोमा कात्र्तिक ६ गते बन्द हुुने छ । बिक्री खुल्ला हुुने कुुल सेयर मध्येमा ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता सेयर कर्मचारीहरुको लागि, ५ प्रतिशत अर्थात एक लाख ५० हजार कित्ता सेयर सामुुहिक लगानी कोषको लागि र बाँकी रहेको २७ लाख ३० हजार कित्ता साधारण सेयर सर्वसाधारणको लागि बिक्री हुुने छ । सर्वसाधारणहरुले न्युनतम १० देखि अधिकतम एक हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्नेछन् ।
अधिकृत पुंजी एक अर्ब ५० करोड तथा जारी पुंजी एक अर्ब रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुंजी ७० करोड रुपैयाँ रहेको छ । साधारण सेयरको बिक्री पश्चात भने कम्पनीको चुक्ता पुंजी एक अर्ब रुपैयाँ पुुग्ने छ ।
प्रतिक्रिया