शनिबार, असार २१, २०८२

अवैध लागूऔषध सहित पक्राउ

नेपालखोज २०७७ असोज १५ गते १३:५८

काठमाडौं । बझाङको वित्थडचिर गाउँपालिका २ लिमबाट करिब २५ किलो अवैध लागूऔषध चरेश सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बुङ्गल नगरपालिका २ बस्ती बस्ने २५ वर्षीय धन बहादुर धामी र सोही ठाउँ बस्ने २८ वर्षीय धन बहादुर धामी रहेका छन् । विशेष सुराकीको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र प्रहरी चौकी वित्थडचिरबाट खटिएको प्रहरीले २५ वर्षीय धामीको साथबाट १० किलो र २८ वर्षीय धामीको साथबाट १५ किलो गरी उक्त परिमाणको चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

मोरङको बिराटनगर महानगरपालिका १६ दरैयाबाट नियन्त्रित लागूऔषध १० चक्की स्पास्मो, ३ बोतल डाइलेक्स डिसी र १० चक्की नाइट्रोभेट सहित सोही महानगरपालिका(१ पानी ट्यांकी बस्ने ३६ वर्षीय दिपक तामाङलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । १ नम्बर प्रदेश प्रहरी कार्यालय रानी बिराटनगरबाट खटिएको प्रहरीले को.३९ प ४०५६ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया