नेपालमा थप ११ जनाको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो
नेपालखोज
२०७७ असोज १५ गते १६:५६
काठमाडौं । कोरोना भाइसर (कोभिड( १९) संक्रमणका कारण नेपालमा थप ११ जनाको मृत्यु भएको छ । मृत्यु हुने १ महिला र १० पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ५०९ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार मृत्यु हुने सुनसरीका ३ पुरुष, काठमाडौँका २ पुरुष, भक्तपुरका १ पुरुष, ललितपुरका १ पुरुष, बाँकेकी १ महिला र रुपन्देहीका ३ पुरुष छन् । संक्रमित हुनेबाट भएको मृत्यु ० दशमलव ६५ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया