शुक्रबार, वैशाख १४, २०८१

भर्चुअल प्रविधिमार्फत् टोयोटा कोरोला क्रसको बिक्री शुभारम्भ

नेपालखोज २०७७ असोज १५ गते १८:४२

काठमाडौं । नेपालको लागि टोयोटा गाडीहरुको एकमात्र आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रा.लि.ले नेपालमा टोयोटा कोरोलाक्रस एसयुभिको बिक्री वितरण प्रारम्भ गरेको छ । वर्तमान अवस्थालाई मध्यनजर राखेर कम्पनीले सो बिक्री शुभारम्भ समारोह पहिलो पटक भर्चुअल प्रविधिको सहायताले सम्पन्न गरेको छ । टोयोटा नेपालको औपचारिक एवं आधिकारिक फेसब्क/इन्स्टाग्राम पेजमा आज मध्यान्ह १२ बजे उक्त समारोहको प्रत्यक्ष प्रसारण गरिएको छ ।

टोयोटा कारहरु नेपालमा अत्यन्त रुचाइएको जापनीज कार हुन् । विश्व प्रसिद्ध यस टोयोटा कारको नयाँ संस्करण क्रस एसयुभि थाइलैण्डमा निर्माण गरिएको हो । यो ४ सिलिण्डरको कार टिजिएनए प्लेटफर्ममा तयार भएको हुँदा यसले अत्याधुनिक डिजाइन, स्थिरता र पूर्ण कार्य क्षमतालाई समर्थन गर्दछ । यो सिभिटि ट्रान्समिसन कार हो । यस किसिमको नयाँ ट्रान्समिसन कार भएको कारण यो क्रस एसयुभिगति छिटो लिने, न्यून उत्सर्जन पैदा गर्ने खालको छ भनें यो हलुका सवारी साधन पनि बनेको छ ।

कारको बाह्य बनौटमा रहेको फ्रन्ट ग्रीलले राम्रो लुक दिन्छर यो कार कच्ची सडकहरुको लागि समेत चलाउन उपयुक्त छ । यस्तैगरी कारको सम्पूर्ण बडीमा रहेको एसेन्ट लाइनहरुले गाडीलाई आकर्षित स्वरुप दिएको छ । कोरोला क्रसमा सबैभन्दा लामो व्हील बेस छ, जसले कारलाई खास गरेर सडकमा उच्चगतिमा दौडिरहेको समयमा अधिक स्थिरता तथा आरामदायी सवारी प्रदान गर्दछ ।

टोयोटा कोरोला क्रस एसयुभि भित्रीरुपमा पनि सुविधाजनक एवं आरामदायीक छ । यसको भित्र फराकिलो स्थान छ भनें खुट्टा राख्नको लागि सुविधादायक स्थान छ । यस्तै यस कारमा रहेको मूनरुफको सहायताले भित्र थप उज्यालो प्राप्तगर्न मद्दत पुग्नेछ । यो कारमा न्यून ५.२ मि.को मोडाउन मिल्ने व्यास छ, जुन यस श्रेणीको कारहरुमा उत्कृष्ट श्रेणीको हो । कार हाँक्ने चालकलाई अधिकतम सुविस्ता प्रदान गर्नको लागि कोरोला क्रस एसयुभिन वीन टर्सन बीम सस्पेन्सनका साथ निर्माण भएको छ । यसैगरी डाइनामिक क्रुज नियन्त्रण, स्वःचालित उच्च बीम लाईट, ब्याक मोनिटर, एबिएस, ईबिडी, हिल स्टार्ट एसीटेन्ट कन्ट्रोल, इर्मजेन्सी स्टप कन्ट्रोल सिग्नल आदि पनि यस कारका विशेषताहरु हुन् ।

कारको भर्चुअल बिक्री शुभारम्भ समारोहलाई सम्बोधन गर्दै वैद्यज अर्गनाइजेशन अफ ईण्डष्ट्रिज एण्ड ट्रेडिङ्ग हाउसकम सुरज वैद्यले भने सर्वप्रथमतः म आजको विषम परिस्थितिका बावजुद पनि अरुको सुरक्षाका लागि अहोरात्र खटिएर अग्र मोर्चामा सेवारत स्वास्थ्यकर्मीहरु, डक्टरहरु, बैंकरहरु, सञ्चारकर्मीहरु, सेना, प्रहरी जवानहरु, व्यवसायीहरु लगायत अन्य सबैमा आभार व्यक्त गर्दै वहाँहरुको सेवाभावको नमन गर्दछु । परिस्थिति हिजोको भन्दा केही सहज बन्दै गएको छ, र यसले एकदिन अवश्य पनि नयाँ दिशाा, नयाँ गति लिनेछ भन्ने अपेक्षा हामी सबैको छ । यही अपेक्षा बीच हामलिे अन्तर्राष्ट्रिय जगत्मा ख्याति कमाएको टोयोटा कोराला क्रस एसयुभिलाई अहिलेको परिस्थिति अनुकूलहुने गरी भर्चुअल प्रविधिका साथ यहाँहरु समक्ष प्रस्तुत गरेका छौं । सम्पूर्ण नयाँ प्रविधिको यो कारले तपाईंहरुको जीवनमा एक नयाँ गति दिनेछ भन्ने विश्वास हामीले लिएका छौं । क्रस एसयुभि सेक्सनको नयाँ मोडेल हो, जुनतपाईंको चाहना अनुकूल बनेर आएको छ ।

समारोहला इउद्द्योषण सुरज गिरीले गरेका थिए । साथै समारोह संगीतमय बनाउन चर्चित गायक रोहित जोन क्षेत्रीले आफ्नो साँगीतिक प्रस्तुति दिएका थिए । साथै टोयोटा कारोला क्रसको बारेमा कम्पनीका प्रबन्ध निर्देशक ऋतु सिंह वैद्य र श्री सूर्याश वैद्यले आ–आफ्नो धारणा राखेका थिए । हाल नेपालमा कोरोला क्रस एसयुभि २ किसिमको उपलब्ध छ । जस अनुसार इन्ट्रि मोडलको बजार मुल्य रु.१,१२,००,००० /- र हाइ मोडलको रु.१,३३,००,०००/- कायम गरिएको छ ।

प्रतिक्रिया