बिहीबार, वैशाख १३, २०८१

सुनै सुनले बनेको संसारको पहिलो होटल

नेपालखोज २०७७ असोज १६ गते ८:०६

एजेन्सी । विश्वमा अनेकौं किसिमका मानिसलाई चकित पार्ने खालका खबरहरु तपाई हामीले बेला मौकामा सुन्ने अनि देख्ने गरेका छौं । यस्तै अर्को चकित पार्ने कुरा भियतनाममा भएको छ । खासमा कुरा के भने यतिबेला सुन निकै महंगिएको समयमा भियतनामको राजधानी हनोईमा सुनै सुनले बनेको संसारको पहिलो होटल खुलेको छ ।

त्यहाँका भित्तो, ढोका, झ्याल, कप, टेबल, खानेकुरा राख्ने भाँडो, शावर, भुइँ सबै सुनकै छन् । उक्त होटलको बिहीवार शुभारम्भ गरिएको हो । होटलको नाम डोल्चे हनोई गोल्डन लेक हो । यो फाइभ स्टार होटल हो । यो २५ तल्ले छ । होटलमा ४०० वटा कोठा छन् । होटलको बाहिरी भित्तोमा लगभग ५४ हजार वर्गफीटमा सुनौलो टाइल लगाइएको छ ।

होटलको स्टाफको ड्रेस कोड पनि रातो र सुनौलो छ । लबीमा फर्निचर र सजावटमा पनि सुनौलो कलाकृति छन् । छतमा स्विमिङ पूल छ । त्यहाँबाट हनोई शहरको सुन्दर दृश्य देखिन्छ । मानिसहरूको आकर्षण यस होटलप्रति उच्च देखिएको छ । होटलको निर्माण सन् २००९ बाट शुरू गरिएको हो ।

यसलाई दक्षिणपूर्वी एसियाकै सबभन्दा विलासी होटल मानिएको छ । सुनले मानसिक तनाव कम गर्न सहायता गर्ने बताइन्छ । तनाव कम भएमा मात्र रिल्याक्स गर्न सकिन्छ । त्यसैले होटल व्यवस्थापनले होटलमा यति धेरै गोल्ड प्लेट राखेको हो । यस होटलको प्रेसिडेन्सिय सुइटमा बस्न एक रातको लगभग ८ लाख रुपैैयाँ तिर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया