बिहीबार, वैशाख १३, २०८१

टिभिएस दशैँको आशा स्कीम अन्तर्गत पहिलो हप्ताको विजेता सिटौला

नेपालखोज २०७७ असोज १६ गते १२:४९

काठमाडौं । टिभिएस दशैंको आशा योजना अन्तर्गत हरेक हप्ता एभिन्यूज टेलिभिजन र टिभिएसको फेसबुकमा प्रत्यक्ष प्रशारण मार्फत गरिने गोलाप्रथाबाट पहिला हप्ताको विजेता बन्न सफल भई टिभिएसको नक्साल शोरुमबाट टिभिएस अपाचे आरआर ३१० जितेका बालाजु निवासी अमृत जंग सिटौलालाई जगदम्बा मोटर्सको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ ।

कम्पनीका अनुसार यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । “टिभिएस दशैँको आशा“ योजना अन्तर्गत टिभिएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा नौ हजार र स्कूटरको खरिदमा सात हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यीदुई मध्ये कुनै एक स्कीम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।

बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले जित्नसक्ने आरआर ३१० टिभिएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ताहुने लक्की ड्रमा भाग लिन चाहने जो कोहीले पनि डब्लुु डब्लुु टिभिएस नेपाल डट कम मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् । यस बम्पर योजनाको आर्कषण भनेको जो कोहीले पनि आफ्नो छनौट वा किन्नको विकल्पको बावजूद पनि भाग लिन र जित्न पनि सक्ने अवसर पाउनुु हो ।

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरक हो । नेपालभर एक सय भन्दा बढी सेल्स सर्भिस र स्पेर्स डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न र ग्राहकहरुको मनमस्तिष्कमा स्थान जमाउन सक्षम भएको छ । ११० देखि ३१० सिसि सम्मको गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटिआर २००४ भि,अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिककोको बिबिधता रहेको, बिक्रीपश्चातको व्यापक सेवा र देशभरमा जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत् उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सबैभन्दाज्यादा रुचाइएको टू–ह्वीलर ब्राण्ड बनेको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया