सोमबार, असार २३, २०८२

कोरोना अपडेट : थप २०४४ जना डिस्चार्ज, डिस्चार्ज हुने कुल संख्या ६२ हजार ७४० पुग्यो

नेपालखोज २०७७ असोज १७ गते १७:०३

काठमाडौं । देशभर कोरोना संक्रमणमा पर्ने भन्दा डिस्चार्ज हुनेको संख्या धेरै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४ जना डिस्चार्ज भएका छन् ।

योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ६२ हजार ७४० पुगेको छ । हाल देशभर सक्रीय संक्रमितको संख्या २१ हजार ३ सय २ रहेको छ ।

यस मध्ये संस्थागत आइसोलेसनमा ९ हजार ७ सय ७३ र होम आइसोलेसनमा ११ हजार ५ सय २९ जना संक्रमित रहेका छन् । २४ घण्टाको पीसीआर परीक्षणको संख्या १२ हजार ९ सय ७८ भएको छ ।

आज देशभर थप २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ ।

प्रतिक्रिया