शुक्रबार, चैत १६, २०८०

हराएको सवारी साधनको निवेदन र सिफारिस पनि अनलाईनबाटै दिने व्यवस्था

नेपालखोज २०७७ असोज १८ गते १८:२१

काठमाडौं । ट्राफिक महाशाखाबाट दिने सेवालाई थप प्रविधिमैत्री बनाउदै सेवाग्राहीलाई थप सहज र सरल बनाउन तथा कोभिड १९ माहामारीको विषम परिस्थितलाई समेत मध्येनजर गर्दै प्रहरी प्रधान कार्यालयको सहयोगमा हराएको वा चोरी भएको सवारी साधनको निवेदन अनलाईनबाटै दिने व्यवस्थाको शुरुवात आइतबार (आज) बाट महाशाखाले गरेको छ ।

महाशाखाका प्रमुख एसएसपी भिम प्रसाद ढकालले हराएको वा चोरी भएको वा फेला परेको सवारी साधनको अभिलेख व्यवस्थापनको लागि लस एण्ड फाउन्ड भेहिकल म्यानेजमेन्ट सिस्टम सफ्टवेयर सञ्चालनमा ल्याएको बताए । अनलाईन सेवा सुरु भएसँगै निवेदनर सिफारिसको लागिट्राफिक कार्यालय धाउनुपर्नेदिनको अन्त्य भएको छ र सेवाग्राहीले घरैबाट निवेदन दिनसकिने र सवारी साधन फेला परेको जानकारी लिन सकिने बताए ।

यसको लागि सवारी धनीले अब ट्राफिक प्रहरीको वेबसाइटमा गएर फर्म भर्नुपर्ने हुन्छ । वेबसाइट खोलेपछि दायाँतर्फ रहेको अनलाईन एप्लिकेसन भित्र रहेको लस्ट भेईकल एप्लिकेसनमा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि सेवाग्राहीले एप्लिकेसनमा क्लिक गरेपछि माग भएबमोजिम सेवाग्राहीले आफ्नो विवरण भर्नुपर्ने हुन्छ । माग भएअनुसार सबै विवरण भरिसकेपछि सेभ अप्सनमा क्लिक गरेपछि निवेदकले एप्लिकेसन नम्बर प्राप्त गर्न सक्नेछ र सेवाग्राहीले अनलाइनबाटै सवारी साधन फेला परे नपरेको थाहा पाउन चेक एप्लिकेसनमा क्लिक गरी दिएको एप्लिकेसन नम्बर, पुरा नामथर र सवारी नम्बर राखेर चेक गर्नु पर्नेछ ।

यस अघि लाईसेन्स, बिल बुक र पर्मिट हराएको निबेदन र सिफारिस लिनट्राफिक महाशाखा धाउनुपर्ने बाध्यताको समेत अन्त्य गरेको हो । असोज ५ गतेदेखि शुरु भएको लस डकुुमेन्ट एप्लीकेसन अनलाइन सेवाबाट ९४९ जना सेवाग्राहीले अनलाईबाट नै सेवा प्राप्त गरेका छन् ।

प्रतिक्रिया