मंगलबार, असार १७, २०८२

अलपत्र तीन बालक परिवारको जिम्मामा

नेपालखोज २०७७ असोज १९ गते १०:३८

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ मा अलपत्र अवस्थामा फेला परेका डडेल्धुराका तीन बालकलाई परिवारको जिम्मा लगाइएको छ । डडेल्धुराको पर्शुराम नगरपालिका–११ भटयानीका एकै परिवारका तीन बालकलाई आज बिहान परिवार जिम्मा लगाइएको हो । भटयानीका गम्भीर सिंह खड्काका छोराहरु १४ वर्षीय पुष्कर खड्का, १३ वर्षीय विमल खड्का र १२ वर्षीय नवीन खड्कालाई वडाध्यक्ष बहादुरसिंह महराको जिम्मा लगाइएको थियो ।

दुई दिनअघि अलपत्र अवस्थमा बालक फेला परेपछि वडाध्यक्ष महराले बालकलाई आफ्नो संरक्षणमा राखी परिवारका सदस्यलाई जिम्मा लगाएका हुन् । “डडेल्धुरा हुँदै बालक पैदल हिँडदै भोकभोकै यहाँ आइपुगेका रहेछन्”, वडाध्यक्ष महराले भने, “बालकहरु कसरी यति लामो बाटो हिँडेर आइपुगे कौतुहलताको विषय बनेको छ ।”सामाजिक सञ्जाल फेसबुकमा बालकहरुबारे जानकारी दिने कार्य गरिएपछि परिवारका सदस्य सम्पर्कमा आएपछि उनीहरुको जिम्मा लगाइएको उनले बताए।

प्रतिक्रिया