बिहीबार, चैत १५, २०८०

एनसेलद्धारा चाडपर्व लक्षित ‘कुरै कुरामा उपहार’ योजना सार्वजनिक

नेपालखोज २०७७ असोज १९ गते ११:३२

काठमाडौं । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आउँदै गरेको दशैं, तिहार र छठ पर्वको अवसरमा आफ्नो भ्वाईस सेवाका ग्राहककालागि आकर्षक योजना ‘कुरै कुरामा उपहार’ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत एनसेलका सबै प्रिपेड ग्राहकले अन नेट, अफ नेट वा अन्तर्राष्टिय कल गरी तोकिएको निश्चित मिनेटको भ्वाइस सेवा प्रयोग गरी आकर्षक उपहारहरु जित्ने मौका पाउने एनसेलले जानकारी दिएको छ ।

दैनिक, साप्ताहिक र बम्पर उपहार यो योजनाको मुख्य विषेशताहरु हुन् । प्रिपेड ग्राहकले भ्वाइस सेवाको प्रयोग गरी जति धेरै कुराकानी गर्छन् त्यतिनै धेरै उपहार जित्ने मौका पाउनेछन् । यो आकर्षक योजना असोज १८, आइतबार देखि लागु भई आठ हप्ता अर्थात मंसिर १३ सम्म कायम रहने कम्पनीले जनाएको छ । एनसेलका प्रिपेड ग्राहकले १७१०७ मा डायल गरी यो योजनामा निःशुल्क सहभागि हुन सक्नेछन् । यस योजनामा सहभागि हुने बित्तिकै ग्राहकले हरेक दिन भ्वाइस कल गर्नका लागि निश्चित मिनेटको लक्ष्य पाउनेछन् । तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने बित्तिकै ग्राहकले त्यही दिनको मध्यरात सम्मको समयसिमा रहेको बोनस अन नेट टक टाइम तुरुन्तै पाउनेछन् र यस योजना अन्तर्गतको उपहार जित्न योग्य हुनेछन् । यस आकर्षक योजनाको उपहारका रुपमा तोकिएको निश्चित मिनेटको भ्वाइस कल गर्ने ग्राहकलाई दैनिक अन नेट बोनस टक टाइम, हरेक दिन ७ सय जना ग्राहकलाई दुई सय रुपैयाँ बोनस ब्यालेन्स, सात जना ग्राहकलाई सामसुङ ग्यालेक्सी एम०१एस र बम्पर उपहारमा २ जना ग्राहकलाई सामसुङ ग्यालेक्सी नोट २० रहेकाछन् ।

योजनामा दैनिक धेरै मिनेट कुरा गर्ने ग्राहकहरु मध्ये प्रत्येक प्रदेशबाट हरेक दिन एक सय जना भाग्यशाली ग्राहकहरुलाई उपहार दिइनेछ । दैनिक उपहार अन्तर्गत ग्राहकले दुई सय रुपैयाँ बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने बोनस ब्यालेन्स १५ दिनको लागि मान्य रहनेछ र उक्त बोनस ग्राहकले एनसेल नेटवर्क भित्र कल, एसएमएस गर्न तथा डेटा चलाउन प्रयोग सक्नेछन् । साप्ताहिक उपहारमा साताभरी धेरै कुरा गर्ने ग्राहकहरु मध्य सातै प्रदेशका १/१ जना गरी ७ जना भाग्यशाली ग्राहक छनोट गरिनेछ । प्रत्येक भाग्यशाली ग्राहकले सामसुङ ग्यालेक्सि एम ०१ एस ह्याण्डसेट उपहार स्वरुप प्राप्त गर्नेछन् । त्यसैगरी यो योजना अवधिभर सबै भन्दा बढि मिनेट कुरा गर्ने दुई भाग्यशाली ग्राहकले बम्पर उपहार प्राप्त गर्नेछन् । बम्पर उपहारमा सामसुङ ग्यालेक्सी नोट २० रहेको छ । यो योजना साप्ताहिक चक्रमा संचालन हुनेछ । साप्ताहिक चक्र आइतबारसुरु भई शनिबार समाप्त हुनेछ । दैनिक, साप्ताहिक र बम्पर उपहार हस्तान्तरणका लागि एनसेलले आवश्यक ग्राहक प्रमाणिकरण प्रक्रिया अपनाई सिमको वास्तविक ग्राहकहरुलाई मात्र उपहार हस्तानतरण एनसेलले जानकारी दिएको छ ।

प्रतिक्रिया