बिहीबार, जेठ ३, २०८१

सनराइज बैंक र आई एम ई मोटर्स प्रा.लि बीच सम्झौता, ६० प्रतिशतसम्म कर्जाको व्यवस्था

नेपालखोज २०७७ असोज २० गते १६:४२

काठमाडौं । सन्राइज बैंक र आई एम ई समूहद्वारा संचालित नेपालका लागि असोक लेल्यान्ड ब्राण्डका विभिन्न सवारी साधनको आधिकारीक बिक्रेता आई एम ई मोटर्स प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र आई एम ई मोटर्सका तर्फबाट कार्यकारी निर्देशक सन्दिप अग्रवालले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

यस सहमतिपत्र अनुरुप, आई एम ई मोटर्सद्वारा वितरित सवारी साधन खरिद गर्नका लागि सन्राइज बैंकबाट कर्जा प्रवाह गर्ने सहमतिमा हस्ताक्षर भएको छ । ग्राहकहरुले उक्त सवारी साधन खरिदका लागि बिना धितो खरिद मूल्यको ६० प्रतिशत सम्मको कर्जा सुबिधा पाउने बैंकले जनाएको छ । कर्जाको मासिक किस्ता ई एम आई (EMI) को आधारमा अधिकतम ७ वर्षको अवधिमा भुक्तानी गर्न सकिनेछ । बैंकले कर्जा ३ कार्य दिन भित्र उपलब्ध गराउने व्यवस्था समेत गरेको छ ।

प्रतिक्रिया