बिहीबार, चैत १५, २०८०

प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बहुमतले पारित

नेपालखोज २०७७ असोज २० गते १९:३३

दाङ । प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ क्षेत्र कायम भएको छ । प्रदेशसभामा पेस भएको प्रदेशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्ताव बहुमतले पारित भएको हो ।

प्रदेश सभामा भएको मतदानमा बैठकमा उपस्थित ८२ मध्ये राजधानी दाङ कायम गर्ने पक्षमा ६९ मत खसेको थियो । विपक्षमा १३ मत परेको छ । यससँगै दाङको राप्ती र गढवा गाउँपालिकाको क्षेत्रलाई प्रदेश ५ को राजधानी कायम गरिएको छ ।

प्रदेशसभाका सभामुख पूर्ण घर्ती मगरले अस्थायी राजधानी बुटवलको संसद भवनबाट दाङको भालुवाङ दुईतिहाइ बहुमतले स्थायी राजधानी कायम भएको घोषणा गर्नु भएको छ ।

प्रदेश ५ को प्रदेशसभामा ८७ जना सांसद रहेका छन् । जसमा नेकपाका मात्र ६१ जना छन । कांग्रेसका १९ सांसद, जनता समाजवादीका ६ र राष्ट्रिय जनमोर्चा १ जना सांसद छन् ।

प्रतिक्रिया